आधारशिविर पुग्यो ‘आइसफल डाक्टर’को टोली

सोलुखुम्बु | चैत २, २०८१

आधारशिविर पुग्यो ‘आइसफल डाक्टर’को टोली

सोलुखुम्बु:  सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउन खटाइएको ‘आइसफल डाक्टर’को टोली आधारशिविर पुगेका छन् । 


उनीहरुले शनिबारदेखि आधारशिविर ‘क्याम्प सेट’ सुरु गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।


आगामी सातादेखि टोलीले बाटो बनाउन सुरु गर्ने एसपिसिसीले जनाएको छ । उक्त टोलीले दोस्रो शिविरसम्म डोरी टाँग्ने, भ¥याङ राख्नेलगायतका काम गर्नेछन् । यस पटक छिरिङ तेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’का टोली खटिएका छन् । 


आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाको नेतृत्वमा दुई छुट्टा–छुट्टै टोली गठन गरिएको छ । टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, दावाछिरी शेर्पा, दावानुरु शेर्पा, निमतेन्जी शेर्पा, तेन्डु शेर्पा र लाक्पासोना शेर्पा रहेका छन् । 


आधारशिविरदेखि खुम्बु आइसफल हुँदै दोस्रो शिविरसम्मको रुट खोल्ने जिम्मा पर्यटन विभागले सन् १९९७ देखि एसपिसिसीलाई दिँदै आएको हो । यस वर्ष आठ जना ‘आइसफल डाक्टर’ र सहयोगीसहित गरी करिब ३० जनाको टोलीले एक महिनासम्म सो क्षेत्रमा काम गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो । 


आइसफल डाक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविर सम्मको ‘रुट’ तयार गरिसकेपछि मात्र आरोहीहरुले आरोहण गर्ने र त्यस भन्दा माथीको ‘रोप पिक्सिङ’को अनुमति पाउँछन् । 


यसवर्षको आइसफल डाक्टरहरुले दोस्रो शिविरसम्म रुट खोल्नका लागि करिब रू ८० लाख लाग्ने एसपिसिसीको अनुमान छ । एसपिसिसीले प्रत्येक विदेशी आरोहीबाट छ सय डलरका दरले शुल्क लिने गरेको छ भने नेपालीलाई आरोहीलाई शुल्क लाग्दैन । 

    
सगरमाथाको दोस्रो शिविरसम्म जाने बाटो निर्माण गर्न खुम्बु आइसफल क्षेत्र जोखिमयुक्त भाग हो । आइसफल डाक्टररुले जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, डोरी टाँग्ने, हिउँ तथा बरफको अस्थिर संरचनालाई हटाउने गर्छन् ।


हिउँका कारण छिनछिनमा बिग्रिने भएकाले बाटो बनाउन कठिन हुने ‘आइसफल डाक्टर’का अगुवा आङसर्की शेर्पाले बताउनुभयो । 


“हिमालमा बाटो बनाउने काम कहाँ सजिलो छ र, अहिले बनायो एकैछिनमा हिउँले बिग्रिहाल्छ त्यसैले डोरी टाँग्ने र बाटो बनाउने काम निकै जोखिमपुर्ण हुन्छ, कतिपय अवस्थामा हिमपहिरोले हामीलाई पनि पुर्न सक्छ”, उहाँले भन्नुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्